बाग्लुङका निजी क्लिनिक तथा फार्मेसी अवैध रुपमा सञ्चालन | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

बाग्लुङका निजी क्लिनिक तथा फार्मेसी अवैध रुपमा सञ्चालन

सुवास आचार्य
बाग्लुङ, २१ भदौ । बाग्लुङ बजारका निजी क्लिनिक तथा फार्मेसी पसलहरु अवैध रुपमा सञ्चालन भएका छन् । बाग्लुङ नगर समितिले बिहीवार गरेको अनुगमनका क्रममा धेरै क्लिनिकहरु विना अनुमति संचालनमा रहेको पाईएको हो ।

वाग्लुङ नगर अनुगमन समितीले गरेको अनुगमनका क्रममा कतिपय क्लिनिकहरुले न्यूनतम मापदण्ड समेत पुरा गरेका छैनन् । क्लिनिकले औषधी बिक्रीको अभिलेख समेत राखेका छैनन ।

दर्ता नवीकरण नगरेका, चिकित्सकको सल्लाह विना बिक्रि गर्न नपाउने औषधी समेत क्लिनिकहरुले खुला रुपले बिक्रि गरिहेका छन् । त्यसैगरी, दक्ष जनशक्तिको व्यवस्था नगरी कतिपयले औषधी पसल संचालन गरेको अनुगमन समितीले भनाई छ ।

वाग्लुङमा अवैधानिक तरिकाले बर्षौं देखि औषधी पसलहरु संचालनमा रहेको भएपनि सम्बन्धित निकायले कारवाही नगरेका कारण अवैध पसलहरुको संख्या बढ्दै गएको पोखरा क्षेत्रीय अस्पतालका फार्मेसीस्ट सविन लामिछानेले बताए ।

अनुगमन समितीले मापदण्ड नपुगेका औषधी पसलहरुलाई छिटो प्रकृया पुरा गर्न निर्देशन दिएको छ । म्याद भित्र पनि आवश्यक प्रकृया पुरा नगरे कानूनी कार्वाही गरिने अनुगमन समितीले जनाएको छ ।

अनुगमन टोलीले बाग्लुङ बजारमा संचालित मेडिकल धौलागिरी, अञ्चल अस्पताल परिषरमा संचालनमा रहेका साझा स्वास्थ्य केन्द्र , मुक्तिनाथ हस्पिटल निलगिरी हस्पिटल, सफल पोलिक्लिनिक लगायतका २७ वटा औषधी पसलमा अनुगमन गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);