प्रदेश ५ मा स्वास्थ्य सेवाको अवस्था | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

प्रदेश ५ मा स्वास्थ्य सेवाको अवस्था

विमल पुरी
बुटवल, २५ भदौ । समग्रमा प्रदेश ५ मा स्वास्थ्य सेवाको अवस्था राम्रै रहे पनि केही जिल्लाका ग्रामीण भुभागमा भने स्वास्थ्य सेवा प्रभावकारी हुनसकेको छैन । ग्रामीण भेगमा रहेका स्वास्थ्य केन्द्रहरुमा चिकित्सक सेवा सहित आवश्यक औषधी उपलव्ध नहुँदा ग्रामीण भेगका जनता उपचारबाट बञ्चित भएका छन् ।

स्वास्थ्य सुचकका हिसावले अन्य प्रदेशको तुलनामा प्रदेश नम्वर पाँच सवल देखिन्छ । प्रदेश सरकारको कुल बजेटको ३ प्रतिशत बजेट स्वास्थ्य क्षेत्रमा रहेको छ । ४ उपमहानगरपलिका सहित १०९ वटा गाउँपालिका रहेको प्रदेशमा रुपन्देही, नवलपरासी, पाल्पा, अर्घाखाँची, गुल्मी, कपिलवस्तु, प्युठान, रुकुम पूर्व, रोल्पा, बाँके, बर्दिया जिल्ला रहेका छन् ।

कपिलवस्तु र रुकुम पूर्व स्वास्थ्य क्षेत्रमा कमजोर रहेको सामाजिक मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । जिल्ला अस्पताल तथा स्वास्थ्य केन्द्रहरुमा आवश्यक चिकित्सक सहित आवश्यक औषधीको व्यवस्था अझै हुन नसक्दा स्वास्थ्य सेवा कमजोर बनेको हो ।

प्रदेश ५, सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशंकर प्रसाद चौधरी ग्रामीण भेगका जनतालाई प्राथमिकतामा राखी स्वास्थ्य सेवाका कार्यक्रम राखिएको बताउँछन् ।

बुटवल प्रदेशको अस्थायी राजधानी बनेपछि मानिसहरुको चाँप बढेको देखिन्छ । मानिसको चाँप बढेसंगै अस्पतालहरुमा विरामीको चाँप पनि बढेको छ ।

प्रदेश सरकारले अहिलेसम्म प्रदेश सभाबाट पारित गरेका केही उपलब्धीहरुमा गरिब घर परिवारका बालबालिकहरूलाई कुपोषणबाट बचाउनको लागि न्यून आय भएका सुत्केरी महिलाहरुलाई पहिलो दुई सन्तानसम्म आमा र बच्चाको स्वास्थ्य सुरक्षाको लागि पोषण भत्ता दिन बजेट व्यवस्था गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);