अरुण तेस्रोको सुरुङ खन्ने क्रममा चार कामदारको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

अरुण तेस्रोको सुरुङ खन्ने क्रममा चार कामदारको मृत्यु

arun tesro

संखुवासभा, २ असार । अरुण तेस्रो जलविद्युत आयोजनाको सुरुङ खन्ने क्रममा चार जना कामदारको मृत्यु भएको छ ।  संखुवासभाको मकालु गाउँपालिकाको फ्याक्सिन्दामा सुरुङ खन्ने क्रममा ढिस्कोले पुरिएर दुई जना नेपाली र दुई जना भारतीय कामदारको मृत्यु भएको हो ।

ढिस्कोले पुरिएर कालीकोटको सिउना गाउँपालिका–४ का प्रदीप शाही र जुम्लाको चन्द्रनाथ नगरपालिका–१ का प्रेम परियार तथा भारतको झारखण्डका बुधन मुण्डा र नन्द किशोरको मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्यामकुमार सारुमगरले जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);