२ हजार ८ सय शिक्षकका लागि विज्ञापन खुल्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

२ हजार ८ सय शिक्षकका लागि विज्ञापन खुल्यो

sikshak sewa ayog

काठमाडौं, २ असार । शिक्षक सेवा आयोगले करिब तीन हजार शिक्षकका लागि विज्ञापन खुलाएको छ । आयोगले निम्न माध्यमिक र माध्यमिक तहमा खुला प्रतिस्पर्धा गराएर स्थायी नियुक्ति दिनका लागि २ हजार ८ सय ६६ पदका लागि विज्ञापन खुलाएको हो ।

निम्न माध्यमिक तहमा १ हजार ७ सय ५८ तथा माध्यमिक तहमा १ हजार १ सय ६ शिक्षकका लागि विज्ञापन गरिएको आयोगले जनाएको छ । निम्न माध्यमिकतर्फ गणित विषयमा सबैभन्दा धेरै ४ सय ६० जना र माध्यमिक तर्फ पनि गणित विषयमै सबैभन्दा धेरै २ सय ३२ शिक्षकका लागि विज्ञापन गरिएको छ ।

आयोगले अञ्चलगत रुपमा विज्ञापन गरी आवेदन बुझउनका लागि साउन ६ गतेसम्मको म्याद दिएको छ । माध्यमिक तहको असोज ११ गते र निम्न माध्यमिक तहको असोज १२ गते लिखित परीक्षा लिइने आयोगले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);