देशभर ७३ हजार शिक्षक अपुग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

देशभर ७३ हजार शिक्षक अपुग

teachers

काठमाडौं, २८ असोज । देशभरका सामुदायिक विद्यालयमा ७३ हजार ९ सय ३८ दरबन्दी शिक्षक अभाव देखिएको छ । सरकारले गठन गरेको शिक्षक दरबन्दी पुनर्वितरण कार्यदलको प्रतिवेदनअनुसार प्राथमिक तहमा शिक्षक बढी छन् भने निम्न माध्यमिक र माध्यमिक तहमा अपुग ।

प्राथमिक तह ९आधारभूत १ देखि ५० मा ३ हजार ३ सय ८३ शिक्षक दरबन्दी बढी देखिन्छ । निम्न माध्यमिक तह (आधारभूत ६ देखि ८) मा २५ हजार ४ सय २५ र माध्यमिक तह (९ र १०) मा २३ हजार ७ सय ४४ शिक्षक दरबन्दी कम छ ।

सरकारले गठन गरेको शिक्षक दरबन्दी पुनर्वितरण कार्यदलको प्रतिवेदनअनुसार, विद्यालय र विद्यार्थी संख्याका आधारमा ७३ हजार थप शिक्षक तत्काल आवश्यक छ। आजको कान्तिपुरमा समाचार छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);