पोखरामा घर अगाडि पार्किङ गरी राखिएको गाडी गायब | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

पोखरामा घर अगाडि पार्किङ गरी राखिएको गाडी गायब

पोखरा ,६ चैत। पोखरा महानगरपालिका वडा नं. ७ मासबारका शालिकराम पन्तले घर अगाडि पार्किङ गरी राखेका गाडी हराएको छ , पन्तले राति ९ बजेतिर पार्किङ गरेर घरभित्र पसेका थिए ।

मूलघर पर्वत भएका उनको बा ५ च १६८४ नम्बरको मारुती गाडी गएराति चोरी भएको हो । पन्त मासबारमा पसल सञ्चालन गर्दै आएका छन् । उहाँले आफूले लक पनि गरेको भन्दै चाबी पनि अहिले आफूसँगै रहेको बताउनुभयो ।

उहाँले बिहानै गाडी हराएपछि प्रहरीलाई घटनाबारे जानकारी गराउनु भएको छ भने जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान र खोजी कार्य सुरु गरिसकेको जनाएको छ ।

हराएको उक्त सवारी खोजी कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);