पार्किङ गरी राखिएकाे गाडीको ब्याट्री चोर्ने २ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

पार्किङ गरी राखिएकाे गाडीको ब्याट्री चोर्ने २ जना पक्राउ

मदन गिरी,
कास्की । पाेखरामा पार्किङ गरि राखिएकाे बसबाट ब्याट्री चाेरी गरेकाे अभियाेगमा २ युवालाई प्रहरीले पक्राउ गरेकाे छ ।

गाडीमा प्रयोग हुने ठूलो ब्याट्री २ थानसहित पोखरा ९ पृथ्बीचोक बस्ने २१ वर्षीय मनोज गुरुङ र १८ वर्षीय बिकास गुरुङलाई वडा प्रहरी कार्यालय रामबजारले पक्राउ गरेकाे प्रहरी निरिक्षक बिक्रम कुंवरले जानकारी दिए ।

पोखरा १० रंगशाला गेट अगाडि पार्किङ गरी राखेको ना ५ ख २१६९ नं को बसबाट २ थान ब्याट्री चाेरी गरेकाे प्रहरीले जनाएकाे छ ।

प्रहरी टोलीले पोखरा ९ पृथ्बीचोकबाट साेमबार साँझ साढे ७ बजेको समयमा २ थान ब्याट्रीसहित दुबैजनालाई पक्राउ गरी आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको छ ।

कास्कीमा रातकाे समयमा गाडीकाे ब्याट्री हराउने क्रम बढ्दै गईरहेकाे छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);