पोखरामा ६ केजी सुनसहित भारतीय नागरिक पक्राउ | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८३, बुधवार

पोखरामा ६ केजी सुनसहित भारतीय नागरिक पक्राउ

पोखरा,२ फागुन । पोखरामा स्रोत नखुलेको ६ केजी ६९ ग्राम सुनसहित भारतीय नागरिक सुरजित भौमिक पक्राउ परेका छन् । पोखरा–२ मोहोरियाटोलमा कवीन्द्रप्रसाद श्रेष्ठको घर भाडामा लिई कारोबार गरिरहेका भौमिकको साथबाट ६ केजी ६९ ग्राम सुन, ६ केजी चाँदी र नगद ६२ लाख ८१ हजार रूपैयाँ प्रहरीले बरामद गरेको हो ।

पसलमा अवैध रूपमा सुन तथा चाँदीका सामान तयार गरी बिक्री वितरण भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक सुनिल मल्लको कमान्डमा खटिएको विशेष प्रहरी टोलीले सुरजितलाई पक्राउ गरेको हो । भारतको पश्चिम बंगालस्थित मेदिनीपुर दासपुर–११ घर भएका ४० वर्षीय सुरजितले ३ तले घर भाडामा लिई विभिन्न किसिमका गरगहना तयार गरी बिक्री वितरण गर्ने गरेको कास्की प्रहरीले जनाएको छ ।

सुरजितलाई आवश्यक कानुनी कारबाहीका लागि आज राजस्व अनुसन्धान विभाग ललितपुर ल्याइने छ । सुरजितको साथबाट भारतको आधार कार्ड, विभिन्न बैंकका १३ थान चेकसमेत बरामद भएको छ

Leave a Reply