माघ महिनामा घरजग्गा कारोबार हालसम्मकै उच्च,तीन अर्ब ३७ करोड बढी राजस्व संकलन | ईमाउण्टेन समाचार

Our Network

जेठ ८ २०८१, मंगलबार

माघ महिनामा घरजग्गा कारोबार हालसम्मकै उच्च,तीन अर्ब ३७ करोड बढी राजस्व संकलन

काठमाडौं,२ माघ । चालु आर्थिक वर्ष २०८०÷०८१ को माघ महिनामा घरजग्गा कारोबार हालसम्मकै उच्च भएको छ । पुस महिनाको तुलनामा माघमा घरजग्गा कारोबार पाँच हजारले बढेको छ । भूमि व्यवस्थापन विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार माघमा ५० हजार ९२१ भन्दा बढी लिखत पारित हुँदा ४१ हजार ८६ वटा घरजग्गा किनबेच भएको छ ।

पुस महिनामा ४५ हजार २७५ लिखत पारित भएको थियो । यो ७ महिनापछि हालसम्मकै उच्च किनबेच हो । कारोबारसँगै राजस्व पनि बढेको छ । घरजग्गा कारोबारमार्फत सरकारले माघमा तीन अर्ब ३७ करोड ५७ लाख ४६ हजार २३१ रुपैयाँ राजस्व संकलन भएको छ । पुस महिनामा तीन अर्ब २० करोड ५२ लाख १३ हजार ५३० रुपैयाँ राजस्व संकलन भएको तथ्यांक छ ।

बैंकिङ्ग प्रणालीमा तरलता सहज हुँदै गए पछि घरजग्गा कारोबारमा सुधार आउन थालेको विश्लेषण गरिएको छ । वर्गीकरण नसकिँदा र बैंकले कर्जा नदिँदा सुस्ताएको घरजग्गाको कारोबार पछिल्लो समय भने बढ्न थालेको तथ्याङ्कले देखाउँछ ।

धेरै स्थानीय तहहरुले अहिले जग्गा वर्गीकरण गरिसकेका छन्। यसले गर्दा जग्गाको वर्गीकरण सकिएको क्षेत्रमा जग्गाको कारोबार बढ्न थालेको विभागको तथ्याङ्कले देखाउँछ । मंसिरमा देशभर २९ हजार १८४ घरजग्गा किनबेच भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);