घरजग्गा कारोबारमा सुधार, ९ महिनामा ३३ अर्ब २२ करोड रुपैयाँ राजस्व सङ्कलन | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८३, बुधवार

घरजग्गा कारोबारमा सुधार, ९ महिनामा ३३ अर्ब २२ करोड रुपैयाँ राजस्व सङ्कलन

२०८२,१,४

पछिल्ला महिनाहरुमा घरजग्गाको कारोबारमा सुधार आएको छ । कारोबारमा सुधार भएसँगै राजस्व सङ्कलन पनि बढेको छ । चालु आर्थिक वर्षको नौ महिनामा घरजग्गा कारोबारबाट ३३ अर्ब २२ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार साउनदेखि चैतसम्म ३३ अर्ब २२ करोड ४८ लाख ७८ हजार रुपैयाँ राजस्व सङ्कलन भएको हो ।गएको वर्ष यही अवधिमा घरजग्गाको करोबारबाट ३० अर्ब ३४ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो । गएको वर्षको तुुलनामा तीन अर्ब १२ करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन भएको विभागको तथ्याङ्कले देखाएको छ ।

घरजग्गाको कारोबारबाट सेवा कर, रजिस्ट्रेसन दस्तुर, पुुँजीगत दस्तुुर, अतिरिक्त शुल्क, डोर सुविधा, पुँजीगत लाभकर, विलम्ब शुल्क, नगर पूर्वाधार विकास शुल्क लगायत शीर्षकमा राजस्व सङ्कलन हुने गरेको छ । पुँजीगत लाभकरबापत उठ्ने राजस्व मात्रै सङ्घ सरकारको खातामा जाने गर्छ ।

Leave a Reply

ताजा समाचार