प्रत्येक पालिकामा मालपोतको सेवा दिए मात्रै कार्यालय सार्न तयार मिथिलाका स्थानीय | ईमाउण्टेन समाचार

Our Network

चैत २७ २०८०, मंगलबार

प्रत्येक पालिकामा मालपोतको सेवा दिए मात्रै कार्यालय सार्न तयार मिथिलाका स्थानीय

काठमाडौं,२७ चैत्र । धनुषाको ५ वटा पालिकालाई सेवा दिनेगरी मिथिला नगरपालिकास्थित ढल्केवरमा मालपोत कार्यालय सार्न लागेको बिरोधमा स्थानीयहरुले प्रदर्शन गरेका छन् । जनकपुरधामको विकासमा अवरोध खडा गर्नेगरी मालपोत कार्यालय सार्ने निर्णय गरिएको भन्दै मालपोत बिरुद्धको संघर्ष समिति गठन गरेर त्यहाँका स्थानीय प्रदर्शनमा उत्रिएका हुन् ।

गोप्य रुपमा मालपोत कार्यालय सार्न लागेको थाहापाए लगत्तै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएपनि वास्ता नगरेकाले संघर्षमा उत्रिनु परेको संघर्ष समितिका संयोजक रमण सिंह बताउनु हुन्छ । प्रदर्शनमा उत्रिएका स्थानीय मालपोत कार्यालय धनुषाको काम एक घण्टा अवरुद्ध गर्नुका साथै एक घण्टा चक्का जाम समेत गरेका छन् । २०७२ साल असोज १४ गते मन्त्रीपरिषदको निर्णयअनुसार धनुषाको ५ पालिकालाई सेवा प्रदान गर्नेगरी मिथिला नगरपालिकास्थित ढल्केवरमा कार्यालय सार्न लागिएको हो ।

कार्यालयबाट धनुषाको धनुषाधाम नगरपालिका, क्षिरेश्वरनाथ नगरपालिका, गणेशमान चारनाथ नगरपालिका, सबैला नगरपालिका र बटेश्वर गाउँपालिकालाई सेवा प्रदान गरिनेछ । यद्यपि संघर्ष समितिले प्रत्येक पालिकामा मालपोतको सेवा प्रदान गर्नेगरी कार्यालय खोलिए मात्रै कार्यालय सार्ने निर्णय मान्य हुने स्पष्ट गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);