तिहारसम्मको लागि मालपोत कार्यालयको सेवा बन्द, जिल्ला प्रशासनको सेवा पनि आलोपालो | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

तिहारसम्मको लागि मालपोत कार्यालयको सेवा बन्द, जिल्ला प्रशासनको सेवा पनि आलोपालो

सिन्धुपाल्चोक, २३ कार्तिक । मालपोत कार्यालय चौताराका कार्यालय प्रमुखलाई कोरोना संक्रमण पुष्टि भएपछि कार्यालयको सेवा बन्द गरिएको छ । आज एक सुचना जारी गर्दै कार्यालयले भोली कात्तिक २४ गतेदेखि २८ गतेसम्म सेवा बन्द गरेको हो ।

निमित्त कार्यालय प्रमुख गोवर्धन ढकालद्वारा जारी विज्ञप्तीमा प्रमुख मालपोत अधिकृतलाई कोरोना संक्रमण पुष्टि भएको र सबै कर्मचारी कन्ट्याक ट्रेसिङमा परेकोले थप संक्रमण फैलन नदिन कार्यालय बन्द गर्नुपरेको उल्लेख गरिएको छ ।


सबै कर्मचारीको कोरोना परिक्षण गरिने र त्यसको लागि कार्यालय बन्द गर्नुपरेको सुचनामा उल्लेख छ । बाँकी कर्मचारीको नेगेटिभ रिपोर्ट आएमा पनि अब कार्यालय मंसिर २ गतेबाट मात्र सञ्चालनमा आउनेछ ।

कार्तिक २९ गते शनिबार परेको र त्यसपछि तिहार विदा हुने भएकोले अब मालपोतको काम तिहारपछि मात्रै हुने भएको हो ।

जिल्ला प्रशासनको सेवा पनि आलोपालो


सिन्धुपाल्चोकमा जिल्ला प्रशासन कार्यालयले समेत आलोपालो सेवा दिने भएको छ । यसअघि मालपोत कार्यालय, चौताराले पनि आलोपालो सेवा दिदै आइरहेको छ ।
जिल्ला प्रशासन कार्यालयले आज एक सुचना प्रकाशित गर्दै भोली कात्तिक २४ गतेबाट आलोपालो सेवा दिने जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालद्वारा जारी सुचना अनुसार अब हरेक स्थानीय तहका सेवाग्राहीले हप्तामा एक दिन मात्रै सेवा पाउनेछन् । जारी सुचना अनुसार चौतारा साँगाचोकगढी नगरपालिका र जुगल गाँउपालिकाका सेवाग्राहीले आइतबार मात्रै सेवा पाउनेछन् र सो बाहेक अन्य दिन ती स्थानीय तहका सेवाग्राहीलाई कार्यालयले सेवा दिने छैन ।

नयाँ नीति अनुसार सोमबार मेलम्ची नगरपालिका र बलेफी गाँउपालिका, मंगलबार बाह्रविसे नगरपालिका र हेलम्बु गाँउपालिका, बुधबार त्रिपुरासून्दरी गाँउपालिका र लिसंखुपाखर गाँउपालिका, विहीबार भोटेकोसी गाँउपालिका र पाँचपोखरी गाँउपालिका र शुक्रबार सुनकोसी गाँउपालिका र इन्द्रावती गाँउपालिकाका स्थानीयले मात्रै सेवा पाउनेछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);