ठुलो संख्यामा काठ तथा गोलिया उत्पादन गरे पनि बिक्रिमा समस्या | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

ठुलो संख्यामा काठ तथा गोलिया उत्पादन गरे पनि बिक्रिमा समस्या

इलाम,५ मंसिर। निजि तथा पारिवारिक वन मार्फत काठका गोलिया उत्पादनमा किसानले जति दुख गरे पनि बिक्रिका लागि सरकारी नीतिका कारण समस्या भएको छ । तीन तहका सरकार बीचको तालमेल हुन नसकेका कारण समस्या उत्पन्न हुँदा उत्पादित गोलिया बिक्रिमा समस्या आएको इलामका किसानको गुनासो छ ।

इलामबाट ठुलो संख्यामा काठ तथा गोलिया उत्पादन हुने गरेको छ । किसानहरुले बिभिन्न प्रजातिका रुख तथा बिरुवा उत्पादन गरेर हुर्काए पनि काट्न र बेच्न नपाउने सरकारी नितिका कारण समस्या भएको किसानहरुले बताएका छन् ।

सरकारले साल, सखुवा, खयर लगायतका बोटबिरुवा कटानमा प्रतिबन्ध लगाएका कारण समस्या भएको हो । हाल देशमा तिन तहका सरकार क्रियाशिल छन् । तर तिन तहका सरकारले बनाएका विभिन्न निति तथा नियमहरु बाझिएका कारण समस्या भएको किसानको गुनासो छ । सरकारले निजि वन उत्पादकहरुलाई दिनु पर्ने रकम नदिएको समेत बताइएको छ ।

अन्य कृषि पेशामा सम्लग्नहरुलाई अनुदान र राहतका कार्यक्रमहरु आएपनि निजि वन जोगाउन यस्ता कार्यक्रमहरु सरकारले ल्याउन नसकेको सरोकारवालाको भनाई छ । बन ऐन कठोर भएका कारण पनि निजि बन मासिने क्रम बढेको छ । बन जंगललाई पनि एक प्रकारको खेतीकै रुपमा अगाडी बढाउन सके मात्र बन जंगल मौलाउने इलाम नगरपालिकाले जनाएको छ ।

देशको २८ प्रतिशत भुभागमा मात्र वन जंगल रहेको तथ्यांक छ । काट्न हुने र नहुने भनेर विभिन्न प्रजातीका रुखहरुलाई सरकारले छुट्याएका कारण पनि समस्या आएको हो ।तिन तहका सरकारले आफुलाई पायक पर्ने ऐन ल्याएका कारण तालमेल हुन नसकेको सरोकारवालाले बताएका छन् । कानुनी अड्चन भएपनि बिस्तारै साझेदारी कानुन बन्दै जाने र आवश्यक अनुसारको कानुन निर्माण हुँदै जाने सरोकारवालाको आश्वासन छ ।

८० प्रतिशत भन्दा बढि किसान निजि वनमा संलग्न रहेको तथ्याङक छ । तर २०÷२५ प्रतिशत मात्र निजि तथा पारिवारिक वन संगठित छन् । किसानलाई सहुलियत हुने गरि कानुन निर्माण र वढि भन्दा वढि गोलिया उत्पादनमा किसानलाई राहत दिने कार्यक्रम ल्याउन आवश्यक रहेको किसानको भनाई छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);