बसले किच्दा एक जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

बसले किच्दा एक जनाको मृत्यु

death body

उत्तम रिजाल
झापा, १९ माघ ।
बसले किचेर खोटाङमा एक जनाको मृत्यु भएको छ । दिप्रुङचुईचुम्मा–३ रोबलुङ छितापोखरी बस्ने ७५ बर्षीया चन्द्रकुमारी मगरको बसको चक्काले किचेर मृत्यु भएको हो ।

आज बिहान सवाँ ८ बजे छितापोखरी रसुवाघाट सहायक सडकखण्डमा ना ५ ख ९०२२ नम्बरको बसमा चढ्ने क्रममा उनी चिप्लिएर लड्दा सोही बसको पछाडीको चक्काले किचेको थियो । उनको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

बस र बस चालक सुनसरी बराहाक्षेत्र–४ का ३५ बर्षीय दल बहादुर पौडेल प्रहरी नियन्त्रणमा रहेको प्रदेश १ प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);