जनमत पार्टी पर्सा का प्रशिक्षण तथा जिम्मेवारी ग्रहण कार्यक्रम सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

जनमत पार्टी पर्सा का प्रशिक्षण तथा जिम्मेवारी ग्रहण कार्यक्रम सम्पन्न

बीरगञ्ज, १९ माघ । डा. सिके राउत नेतृत्वको जनमत पार्टी, पर्साले जिल्ला स्तरीय नेता-कार्यकर्ताका लागी नेतृत्व प्रशिक्षण तथा जिम्मेवारी ग्रहण कार्यक्रम संम्पन्न भएको छ  ।

प्रमुख प्रशिक्षकका रुपमा कार्यक्रमका प्रमुख अतिथी एवं जनमत पार्टीका केन्द्रिय अध्यक्ष डा. सिके राउतले पार्टीको उद्देश्य, निती, रणनिती र पार्टीको अनुशासान बारे  बुझाउँदै आगामी दिनमा पार्टीका नेता कार्यकर्ता लाई आ-आफ्नो जिम्मेवारी इमान्दारी साथ निभाउनका लागी प्रोत्साहित गरेका थिए ।

त्यसैगरी नेतृत्व प्रशिक्षकका रुपमा पार्टी जिल्ला संयोजक संतोष कुमार साहले संगठनमा नेतृत्वका लागी आवश्यक व्यक्तिगत गुण बारे चर्चा गरेका थिए । साथै, उनले पार्टीमा जो कोही इमान्दार र जिम्मेदारी पूर्वक कार्य गरेमा भविष्यमा आफ्नो भूमिका र स्थान आफै सृजना गर्न सकिने बताए ।

आगामी स्थानीय चुनावमा बाजी मार्ने रणनितीका साथ संगठन विस्तार गर्ने र पार्टी लाई मजबुत पार्ने काममा नेता-कार्यकर्ताहरु पूर्ण समर्पित भई लागेको प्रति जिल्ला इन्चार्ज साहले सबैको प्रशंसा समेत गरेका थिए ।

उक्त कार्यक्रममा पुर्व जिल्ला  इन्चार्ज सुजित चौरसिया, जनमत पार्टी पर्सा का महिला अध्यक्ष अनिता रौनियार , पार्टी का केन्द्रिय सदस्य बसन्त कुशवाहा , अब्दुल खाना , पार्टी का महिला नेत्री शबु खातुन लागायत बिभिन्न स्थानिय तहका नेता कार्यकर्ताहरु उलेख्निय सहभागिता रहेको थियो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);