ईमाउन्टेनटीभी अनलाइनको सम्पादकमा बालकुमार नेपाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

ईमाउन्टेनटीभी अनलाइनको सम्पादकमा बालकुमार नेपाल

काठमाडौं, २० माघ। पद्मा मिडिया ग्रुप अन्तर्गतको ईमाउन्टेनटीभी अनलाइनको सम्पादकमा बालकुमार नेपाल नियुक्त हुनुभएको छ ।

पद्मा मिडिया सञ्चालक समितिको बैठकले नेपाललाई सम्पादक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

पत्रकारितामा करिब ३० वर्षको अनुभव भएका नेपालले यसअघि समकालीन, सूर्योदय साप्ताहिक, अन्नपूर्ण पोष्ट, नेपाल समय, नेपालपाटी लगायतका थुप्रै मिडियामा काम गरिसक्नुभएको छ ।

ईमाउन्टेनटीभीमा पदबहाली गर्दै सम्पादक नेपालले आफूले आजसम्म पत्रकारितामा जानेका र सिकेका अनुभव ईमाउन्टेनटीभीका सहकर्मीसँग बाँड्दै अगाडि बढ्ने बताउनुभयो ।

यस्तै पत्रकारिताको धर्म निर्वाह गर्दै ईमाउन्टेनटीभीलाई नयाँ उचाईमा पु¥याउन आफूले कुनै कसर बाँकी नराख्ने सम्पादक नेपालले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);