कांग्रेस चुनाव प्रचार अभियानमा खटिने अधिकांश नयाँको परीक्षणकाल  | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कांग्रेस चुनाव प्रचार अभियानमा खटिने अधिकांश नयाँको परीक्षणकाल 

काठमाडौं । नेपाली कांग्रेसले चुनाव प्रचार अभियानमा पार्टीका धेरैजसो नयाँ केन्द्रीय सदस्यलाई खटाएको छ । पार्टीका पदाधिकारी, केन्द्रीय कार्यसम्पादन समिति सदस्य र प्रतिनिधिसभा सदस्यबाहेकका केन्द्रीय सदस्यलाई चुनाव प्रचारमा ७७ वटै जिल्लामा खटाएको छ ।

पदाधिकारी, कार्यसम्पादन समिति सदस्य र शीर्ष नेताहरू आ-आफ्नो इच्छामा अभियानमा सहभागी भएका छन् । तर प्रतिनिधिकै रूपमा पार्टीले खटाएका नयाँ केन्द्रीय सदस्यका लागि भने यो परीक्षणकै रूपमा रहेको छ ।

पार्टीका विभिन्न भ्रातृ तथा शुभेच्छुक संघमा विभिन्न जिम्मेवारी पूरा गर्दै केन्द्रीय सदस्य बने पनि पार्टी राजनीतिमा भने अनुभव नयाँ भएको उनीहरूको भनाइ छ । 

कांग्रेसले चुनावमुखी अभियान आफ्नो पक्षमा जनमत बढाउने प्रयास गर्न लागेको हो । केन्द्रीय प्रतिनिधिहरूले जिल्ला कार्यसमितिले आयोजना गरेका कार्यक्रममार्फत पार्टीको केन्द्रीय उद्देश्य प्रकाश पार्नेछन् भने जनता र कार्यकर्तालाई नागरिक र लोकतान्त्रिक अधिकार अर्थात् मताधिकार प्रयोग गर्न उत्प्रेरित गर्नेछन् । 

कांग्रेसले स्थापनाकालदेखि गरेका राजनीतिक, विकास निर्माणसम्बन्धी, देश र जनताको हितका लागि गरेका कामबारे प्रचार प्रसार गर्ने केन्द्रीय प्रतिनिधिको जिम्मेवारीअन्तर्गत पर्छ । यस्तै विगतका सरकार र वर्तमान सरकारको चर्चा र विश्लेषण गर्नुका साथै एमसीसीको भ्रम र यथार्थबारे प्रस्ट पार्न पनि प्रतिनिधि प्रत्येक वडा र टोलसम्मै पुग्छन् ।  

कांग्रेसको निर्वाचित र मनोनीत गरेर झन्डै डेढ सयको हाराहारीमा केन्द्रीय सदस्य छन् । नेता गुरुराज घिमिरेका अनुसार पार्टीले खटाएका केन्द्रीय सदस्यमध्ये झन्डै ९९ प्रतिशत नयाँ छन् । नयाँले ऊर्जाशील भएर जिम्मेवारी पूरा गर्ने उनले विश्वास व्यक्त गरेका छन् । 

पहिलोपटक पार्टीको केन्द्रीय सदस्य बनेका अजयबाबु सिवाकोटी मुस्ताङमा चुनावी अभियानमा व्यस्त छन् । अभियान सुरु भएयता उनले जोमसोम, मुक्तिनाथ र लेतेमा गरी पाँच स्थानमा कार्यक्रम गरेका छन् । 

पार्टीको जिम्मेवारी लिएर जिल्लामा पुगेका प्रतिनिधिलाई जिल्ला सभापतिदेखि सबै नेता कार्यकर्ताले राम्रो व्यवहार गरेकोले पनि आफू उत्साहित भएको सिवाकोटीले बताए । पहिलोपटक मुस्ताङ गएर पार्टीको कार्यक्रम गर्दा जिम्मेवारी थप भएको महसुस गरेको उनले बताए ।

‘पार्टीको नेतृत्वप्रतिको भरोसा कुन ढंगले अगाडि बढाउने त्यो हाम्रो हातमा छ, पुराना केन्द्रीय सदस्यलाई नियमित अभ्यास होला, तर हामी नयाँ केन्द्रीय सदस्यका लागि परीक्षण पनि हुन सक्छ । जिम्मेवारीअन्तर्गत अभियानको अन्त्यमा रिपोर्ट तयार पारेर पार्टीमा बुझाउनुपर्छ, त्यसलाई सही ढंगले दिन सक्छौं वा सक्दैनौं भोलिको दिनमा देखिनेछ,’ उनले भने । 

अर्का केन्द्रीय जितजंग बस्नेतले पदीय हिसावले जिम्मेवारीबोध भएको बताए । केन्द्रबाट प्रतिनिधि बनेर जिल्लामा गरिएका कार्यक्रम सफल हुन सक्यो भने सन्तुष्ट हुने आधार बन्ने उनकोे भनाइ छ । उनी अहिले भक्तपुरको चुनावी अभियानमा छन् । बस्नेत तरुण दलका पूर्वअध्यक्ष र नेविसंघका पूर्वमहामन्त्रीसमेत हुन् । तर पार्टीको केन्द्रीय सदस्यमा भने यो उनको पहिलो कार्यक्रम हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);