स्वतन्त्र पत्रकार संघ सुनसरीको प्रथम साधारणसभा इटहरीमा सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

स्वतन्त्र पत्रकार संघ सुनसरीको प्रथम साधारणसभा इटहरीमा सम्पन्न

इटहरी, २९ फागुन । स्वतन्त्र पत्रकार संघ सुनसरीको प्रथम साधारणसभा इटहरीमा शनिबार सम्पन्न भएको छ । शिक्षाविद् तथा समाजसेवी विश्व प्रसाद रिजालको प्रमुख आतिथ्यता तथा संघका सुनसरी अध्यक्ष खगेन्द्र कार्कीको सभापतित्वमा भएको साधारण सभामा संघका केन्द्रीय कोषाध्यक्ष शनिग्राम पाण्डे, केन्द्रीय सदस्य मोहन ढकाल, प्रेम गिरी, पत्रकार महासंघ सुनसरीका सभापति अमर खड्का, इलका प्रहरी कार्यालय इटहरीका प्रमुख डीएसपी अर्जुन कार्की लगायतको उपस्थिति रहेको थियो ।

साधारण सभामा शुभकामना मन्तव्य राख्दै अतिथिहरुले पत्रकारीतामा कुनैपनि दलगत छायाँ देखिन नहुने भन्दै स्वतन्त्र पत्रकार संघले गरेको कार्य सह्रानीय रहेको भन्दै प्रशंशा गरेका छन् । साधारणसभामा अध्यक्ष कार्की र सचिव तेज वनले संघका गतिविधि र आगामी कार्ययोजना बारे प्रतिवेदन पेश गर्नु भएको थियो ।

प्रतिवेदन पेश गर्दै अध्यक्ष कार्कीले संघको संगठन विस्तारलाई तिव्रता दिंदै धेरै भन्दा धेरै स्वतन्त्र पत्रकारहरुलाई समेटेर अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो । साधारण सभाले स्वतन्त्र पत्रकार संघ सुनसरीको नयाँ कार्य समिति समेत चयन गर्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);