सर्लाही जिल्लाबाट गुन्डागर्दी मुक्त गर्छु : प्रजिअ हेमराज तामाङ | ईमाउण्टेन समाचार

Our Network

चैत २४ २०८०, शनिबार

सर्लाही जिल्लाबाट गुन्डागर्दी मुक्त गर्छु : प्रजिअ हेमराज तामाङ

सर्लाही, २९ फागुन । सर्लाही जिल्लामा बढ्दो अपराधीक गतिविधिमामा संलगन जोकोहीलाई पनि माफ नगरिने प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले बताएका छन् । जिल्लामा गुन्डागर्दी गर्ने हिसाबले संलग्न ब्यक्ति तथा गिरोहलाई कार्वाही गरिने उहाँले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यक्रम मलंगवा स्थित जिल्लामा भर्खरै आउनु भएका प्रजिअ तामाङ सँग भेटघाट गर्न पुगेका पत्रकार तथा नागरिक समाजका अगुवा ब्यक्तिहरु सँग उहाँले यस्तो कुरा बताउनु भएको हो ।

भेटघाटको क्रममा पत्रकारहरुले नेपाल नेपाल पत्रकार महासंघ,सर्लाही शाखाका उपाध्यक्ष तथा एभिन्युज टिभी सवांददाता बख्तियार अली माथि बिहिवार साँझ ज्यान मार्ने किसिमले भएको घट्नाको विषयमा प्रजिअ तामाङको ध्यानाकर्षण गराएका थिए ।

हमलाबाट गम्भीर घाइते भएका पत्रकार अलि उपचारकै क्रममा रहेको र अहिले उनी उपचारमा संलग्न डाक्टरको सल्लाहमा आफ्नै निवासमा बेड रेस्टमा छन् । दोषीलाई अविलम्ब गिरफ्तार गरी जेल पठाउनका लागी नेपाल पत्रकार महासंघ सर्लाही शाखा र नागरिक समाज सर्लाहीले प्रजिअ तामाङ सँग आग्रह गरेका छन् ।

लागूऔषध दुर्व्यसनीहरुकै कारण जिल्लामा दिनहुँजसो कुटपिट ,चोरी,सडक दुर्घटना जस्ता घटना र दुर्घटनाहरु बढेको टोलीले प्रजिअलाई जानकारी गराएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);