निर्माण व्यवसायी महासंघको २० औं साधारणसभा बिहीबारदेखि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

निर्माण व्यवसायी महासंघको २० औं साधारणसभा बिहीबारदेखि

काठमाडौं, २ असोज । नेपाल निर्माण व्यवसायी महासंघको २० औं साधारणसभा आगामी बिहीबारदेखि काठमाडौंमा सुरु हुने भएको छ । महासंघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी २० औं साधारणसभा आगामी बिहीबारदेखि काठमाडौंमा सुरु हुने औपचारिक जानकारी गराएको हो । ३ दिनसम्म चल्ने साधारण सभाले महासंघको तीन वर्षका लागि भावी नेतृत्व समेत चयन गर्नेछ ।

सर्वसम्मति मै नेतृत्व चयन गर्नेगरी साधारणसभाको तयारीको कामलाई अघि बढाइएको महासंघका अध्यक्ष विष्णुभाई श्रेष्ठले जानकारी दिए । साधारणसभालाई भव्य रुपमा सम्पन्न गर्न अध्यक्ष श्रेष्ठकै नेतृत्वमा ३ सय ३१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।

बिहीबार प्रधानमन्त्री केपी ओलीले साधारण सभाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । शुक्रबार राजनीतिक तथा आर्थिक प्रतिवेदन पारित गर्ने र शनिबार नेतृत्व चयन गरी साधारण सभालाई सम्पन्न गर्ने कार्यतालिका पनि तय गरिएको महासंघका महासचिव रामशरण देउजाले जानकारी दिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);