द्यौलागिरी गाउँपालिका समाजद्वारा गौचन र गर्बुजालाई बधाई तथा सम्मान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

द्यौलागिरी गाउँपालिका समाजद्वारा गौचन र गर्बुजालाई बधाई तथा सम्मान

काठमाडौं, २२ माघ । द्यौलागिरी गाउँपालिका समाज काठमाडौंले नवनिर्वाचित सांसदहरुलाई बधाई तथा सम्मान गरेको छ । समाजले गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा निर्वाचित प्रतिनिधि सभा सदस्य खम्बिर गर्बुजा र प्रदेशसभा सांसद बिमला गौचनलाई बधाई तथा सम्मान कार्यक्रमको आयोजना गरेको हो ।

काठमाडौंको मनमैजु–१० जिफो दिपक ब्याडमिन्टन हलमा आयोजना गरिएको कार्यक्रममा प्रथम पुुरुष ब्याडमिन्टन प्रतियोगिता–२०७९ का खेलाडीहरुलाई समेत पुरस्कार वितरण र सम्मान गरिएको थियो । कार्यक्रममा सांसदद्धय गर्बुजा र गौचनले विजेता खेलाडीहरुलाई पुरस्कार र प्रशंसा पत्र हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै सांसद गौचनले आयोजक द्यौलागिरी समाजले निकै सराहनिय कार्य गरेको भन्दै धन्यवाद दिनुुभएको थियो । यस्ता कार्यले खेलाडीहरुको अझै हौसला बढ्ने उहाँको भनाइ थियो । समाजका अध्यक्ष लिल पुनको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा ११ र १३ वर्षका महिला खेलाडीहरु टिनएजर्स ब्याडमिन्टन च्याम्पिएनहरुलाई पनि सम्मान गरिएको थियो ।

सबै वडालाई निमन्त्रणा गरेपनि जिल्लाका २८ वडाका खेलाडीहरुबीच प्रतिस्पर्धा भएको थियो । पुरुष ब्याडमिन्टन च्याम्पिएन विजेताको ताज रघुगंगाले हात पारेको छ । देश तथा विदेशमा रहेका द्यौलागिरी गाउँपालिकाकाका व्यक्तिहरुको सहयोगमा पहिलो पटक प्रतियोगिता आयोजना गरिएको हो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);