इच्छाअनुसार अघि बढ्न पाए बालबालिकाले जुनसुकै क्षेत्रमा सफलता प्राप्त गर्छन् : बिमला गौचन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८३, बुधवार

इच्छाअनुसार अघि बढ्न पाए बालबालिकाले जुनसुकै क्षेत्रमा सफलता प्राप्त गर्छन् : बिमला गौचन

काठमाडौं, ११ माघ । नेपाली कांग्रेसकी सांसद बिमला गौचनले आफ्ना सन्तानको इच्छा अनुसारका कार्यमा अघि बढ्न अभिभावकले प्रोत्साहन गर्नुपर्ने बताएकी छिन् । देशका इज्जत राख्न एउटै मात्र काम पनि धेरै हुने उनको भनाइ छ ।

रघुगंगा गाउँपालिका म्याग्दीले आयोजना गरेको अन्तरमाध्यमिक विद्यालय स्तरीय तस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता–२०७९ लाई सम्बोधन गर्दै समानुपातिक सांसद गौचनले आफ्नो चाहानाअनुसार अघि बढ्न पाए बालबालिकाहरुले कुनै पनि क्षेत्रमा सफलता प्राप्त गर्न सक्ने धारणा राखेकी हुन् ।

आफ्ना छोरा–छोरीको भविष्य बनाउन पाठ्यक्रम मात्रै नभई बालबालिकाको इच्छा जे छ त्यही तिर उत्साहित र प्रोत्साहन गर्न अभिभावकको ठुलो भूमिका रहने उनको भनाइ थियो । उनले आफू बालबालिकाको कार्यक्रममा उपस्थित भएर हौसला दिन पाउँदा निकै खुशी लागेको सुनाइन् ।

कार्यक्रम श्री रघुगंगा माध्यमिक विद्यालय, पिप्लेको प्राङ्गणमा आयोजना गरिएको थियो । कार्यक्रममा नेता गौचनले विजेता खेलाडीहरुलाई प्रमाणपत्र र ट्रफी वितरण गरेकी थिइन् ।

 

Leave a Reply

ताजा समाचार