सरकारका शक्तिशाली मन्त्रालयमा यी चार महिला | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

सरकारका शक्तिशाली मन्त्रालयमा यी चार महिला

काठमाडौं, ४ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको सरकारमा चार महिला मन्त्री नियुक्त भएका छन् । नयाँ मन्त्रीहरुले मंगलबार दिउँसो १ बजे शपथ लिएका हुन् । सत्ता साझेदार दलमध्ये ५ दलबाट सरकारमा सहभागी भएका छन् ।

नेकपा एमाले र नेकपा माओवादीले मात्रै मन्त्रीमा महिलालाई पठाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले डा.तोसिमा कार्कीलाई स्वास्थ्य राज्यमन्त्री पठाएको छ । कार्की ललितपुर ३ बाट गत मंसिरमा भएको प्रतिनिधि सभाको निर्वाचनमा निर्वाचित भएकी हुन् । उनले तत्कालिन उर्जामन्त्री पम्फा भुसाललाई पराजित गरेकी थिइन् ।

एमालेबाट प्रतिनिधि सभामा निर्वाचित हुने महिलामा राष्ट्रिय सभामा राष्ट्रपति विद्यादेवी भण्डारीले मनोनित गरेकी सांसद बिमला राई पौडेल परराष्ट्र मन्त्री भएकी छिन् । त्यस्तै, गत मंसिरमा सम्पन्न भएको संसदको निर्वाचनमा निर्वाचित भएर आएका भगवती चौधरी र ज्वाला साहलाई महिला बालबालिका तथा ज्येष्ठ मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । साह बारा–३ र चौधरी सुनसरी–३ बाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए ।

माओवादी केन्द्रले शक्तिशाली सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी रेखा शर्मालाई दिएको छ । शर्मा दाङ २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी थिइन् । गत निर्वाचनमा एमालेका महासचिव शंकर पोखरेललाई पराजित गरेकी शर्मा माओवादीबाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ निर्वाचित सांसद हुन् । त्यस्तै, माओवादीले संस्कृति पर्यटन तथा नागरिक उड््डन राज्यमन्त्रीमा सुशिला सिर्पालीलाई पठाएको छ ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);