प्रचण्ड सरकारमा १५ नयाँ अनुहार,पुरा होला त अपेक्षा ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

प्रचण्ड सरकारमा १५ नयाँ अनुहार,पुरा होला त अपेक्षा ?

काठमाडौं, ४ माघ । मंगलबार दोस्रो मन्त्रिमण्डल विस्तार भएसँगै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा धेरै नयाँ अनुहारहरुले स्थान पाएका छन् । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएपछि हिजो थप नयाँ मन्त्रिमण्डल विस्तार गरेका हुन् । प्रचण्डले गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएर ११ गते पहिलोपटक मन्त्रीमण्डल विस्तार गरेका थिए ।

हिजो विस्तार भएको मन्त्रिमण्डलपछि प्रधानमन्त्री, चार उपप्रधानमन्त्री, १५ मन्त्री र ३ राज्यमन्त्री गरी सरकारमा २३ जनाको टिम बनेको छ । नेकपा एमालेका ८, नेकपा माओवादीका ५, रास्वपा र राप्रपा ३÷३ र जनमतले एउटा मन्त्रालय लिएका छन् । माओवादी, रास्वपा र राप्रपाले एक/एक राज्यमन्त्री पनि पाएका छन् ।

नयाँ सरकारमा १५ जना मन्त्री नयाँ अनुहार छन् । उनीहरु पहिलो पटक मन्त्री भएका हुन् । विभिन्न पेसा, व्यवसाय र क्षेत्रमा संम्लग्न रहेको क्षेत्रमा सोही अनुसारको मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

नयाँ अनुहारहरुमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, उपप्रधान तथा उर्जा मन्त्री राजेन्द्र लिङदेन, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, कानुन मन्त्री धु्रवबहादुर प्रधान, संस्कृति,पर्यटन तथा नागरिक सुदन किराँती, संघीय मामिला तथा सामान्य मन्त्री अमनलाल मोदी, परराष्ट्र मन्त्री विमला पौडेल राई, शिक्षामन्त्री शिशिर खनाल, स्वास्थ्य मन्त्री पदम गिरी, रक्षामन्त्री हरिप्रसाद उप्रेती, भूमि व्यवस्थापन मन्त्री राजेन्द्र राई, खानेपानी मन्त्री अब्दुल खान, स्वास्थ्य राज्यमन्त्री डा.तोसिमा कार्की, संस्कृति पर्यटन तथा नागरिक उड््यन राज्यमन्त्री सुशिला श्रीपाली, उर्जा मन्त्री दीपकबहादुर सिंह रहेका छन् ।

पुराना अनुुहारहरुमा सूुचना, सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्मा, शहरी विकास मन्त्री विक्रम पाण्डे, कृषि तथा पशुपंक्षी मन्त्री ज्वालाकुमारी शाह, उद्योग वाणिज्य मन्त्री दामोदर भण्डारी, महिला तथा बालबालिका तथा ज्येष्ठ नागरिक भगवती चौधरी रहेका छन् ।

अहिले वन तथा वातावरण, युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पनि प्रचण्डले लिएका छन् । प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गर्ने साता मध्ये पाँच दल सरकारमा सहभागी भएका छन् । जसपा र नागरिक उन्मुक्ति पार्टी भने अहिले सरकारमा सहभागी भएका छैनन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);