रास्वपाबाट खनाल र अर्याल मन्त्री बन्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

रास्वपाबाट खनाल र अर्याल मन्त्री बन्दै

काठमाडौं, ३ माघ । आज प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्दैछन् । सोमबार बसेको उच्च राजनीतिक संयन्त्रको बैठकले सत्तारुढ दलबीच मन्त्रालय बाँडफाँटको अन्तिम टुंगो लगाएको हो । नयाँ मन्त्रीहरुले आज दिउँसो १ बजे शपथ लिदैछन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट आज मन्त्रीहरु थप हुने भएका छन् । पार्टीले गृह,शिक्षा,विज्ञान तथा पविधि र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पाएको छ भने एक राज्यमन्त्री पनि पाउनेछ ।

रास्वपाले शिक्षा मन्त्रीमा सांसद शिशिर खनाललाई पठाउने तयारी गरेको छ । उनी गत मंसिरमा भएको निर्वाचनमा काठमाडौं–६बाट निर्वाचित भएका थिए । उनी शिक्षण संस्था सम्बन्धित ‘टिच फर नेपाल’का संस्थापक पनि हुन् । उनीसँग लामो समय शिक्षाको क्षेत्रमा काम गरेको अनुुभव छ ।

त्यस्तैगरी, रास्वपाको भागमा परेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा उपसभापति डोलप्रसाद अर्याललाई पठाउने भएको छ । समानुुपातिक सांसद अर्याल रेमिट्यान्स व्यवसायी पनि हुन् । जापानमा बसेर उनले श्रम तथा रोजगारका क्षेत्रमा काम गरेका थिए ।

एक राज्यमन्त्रीमा कसलाई पठाउने भन्ने बारे टुंगो भएको छैन् । मन्त्री छान्ने जिम्मा पार्टीले सभापति रवि लामिछानेलाई दिएको थियो ।

रास्वपाले कानुन र स्वास्थ्य मन्त्री पाउने चर्चा चलिरहँदा सांसदहरु डा.तोसिमा कार्की र सविता गौतमसमेत मन्त्री हुने हल्ला सुरु भएको थियो । प्रतिनिधि सभामा रास्वपाबाट २० जना सांसद छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);