लुम्बिनी प्रदेश सरकारमा जाने मन्त्री टुंगो लगाउन कांग्रेस अझै अलमलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

लुम्बिनी प्रदेश सरकारमा जाने मन्त्री टुंगो लगाउन कांग्रेस अझै अलमलमा

लुम्बिनी । नेपाली कांग्रेसले मन्त्रीको नाम टुंगो लगाउन नसकेपछि लुम्बिनी प्रदेशमा शुक्रबार हुने भनिएकोे मन्त्रिपरिषद विस्तार सरेको छ ।

नेपाली कांग्रेसबाट बाँकेका सुरेन्द्र हमाल र रुपन्देहीका वसिउद्दिन खाँलाई मन्त्री बनाउने विषयमा पार्टीमा सहमति जुटेपनि थप एक मन्त्री र दुई राज्यमन्त्रीमा सहमति जुट्न नसकेको हो । शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने मुख्यमन्त्री कुलप्रसाद केसी तयारीमा धक्का लागेको छ ।

वन वातावरण तथा भूसंरक्षण मन्त्रीमा हमाल र शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्रीमा खाँलाई पठाउने विषयमा कांग्रेसभित्र सहमति छ । तर एकजना मन्त्री र दुईजना राज्यमन्त्रीका लागि कांगे्रेसमा आकांक्षी धेरै भएपछि प्रदेश संसदीय दलले मन्त्री हुने नेताको नाम टुंगो लगाउन नसकेको बताइको छ ।

अब मन्त्रीको नाम केन्द्रबाट टुंगो लगाउन अनुरोध गर्दै कांग्रेसको एक प्रतिनिधिमण्डल राजधानी नै आउने भएको छ । १३ मन्त्रालय रहेको लुम्बिनी प्रदेशमा यसअघि मुख्यमन्त्रीसहित माओवादीका २, कांग्रेसका १, जसपाका ३ र स्वतन्त्र १ गरी ७ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । जसपाले भौतिक पूर्वाधार, श्रम रोजगार तथा यातायात, कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय पाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);