प्रचण्ड सरकारको २३ सदस्यीय टिम, कसले कुन मन्त्रालय सम्हाले | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

प्रचण्ड सरकारको २३ सदस्यीय टिम, कसले कुन मन्त्रालय सम्हाले

काठमाडौं, ३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज नयाँ मन्त्रिपरिषद विस्तार गरेका छन् । आज नयाँ मन्त्रीहरु नियुक्त भएसँगै प्रचण्ड सरकारमा २३ जनाको जम्बो टिम पुगेको छ ।

सोमबार रातिसम्म बसेको उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठकले सत्तारुढ दलबीच मन्त्रालयको टुंगो लगाएको हो ।

आज राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले उपप्रधान तथा उर्जा मन्त्रालयमा नियुक्त भएसँगै चार उपप्रधानमन्त्री पुगेका छन् । नेकपा एमालेका विष्णु पौडेल, नेकपा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र रास्वपाका रवि लामिछानेले यस अघि नै उपप्रधान मन्त्रीमा नियुक्त भइसकेका छन् ।

सत्ता साझेदार दलबीच भएको भागवण्डामा एमालेको भागमा ८ मन्त्रालय परेको छ । जसमध्ये दामोदर भण्डारी उद्योग, डा. विमला राई पौडेल परराष्ट्र, राजेन्द्र राई भूमिसुधार, पदम गिरी स्वास्थ्य, भगवती चौधरी महिला बालबालिका, हरिप्रसाद उप्रेती रक्षा, ज्वाला साह कृषिमन्त्री नियुक्त भएका छन् ।

त्यस्तै, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन उपप्रधानसहित उर्जामन्त्रीमा नियुक्त भएका छन् । राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे सहरी विकास र धु्रवबहादुर प्रधान कानुुनमन्त्री बनेका छन् । जनमत पार्टीबाट अब्दुल खान आज मन्त्रीमा नियुक्त भएका छन् ।

नेकपा (माओवादी केन्द्र) बाट सूचना, सञ्चार तथा प्रविधिमन्त्रीमा रेखा शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा सुदन किराँती, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा अमनलाल मोदी र संस्कृति, पर्यटन तथा नागरिक उड्डडन राज्यमन्त्रीमा सुशीला श्रीपाली नियुक्त भएका छन् ।

रास्वपाका उपसभापति डोलप्रसाद अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री भएका छन् । समानुुपातिक सांसद अर्याल रेमिट्यान्स व्यवसायी पनि हुन् । जापानमा बसेर उनले श्रम तथा रोजगारका क्षेत्रमा काम गरेका थिए । शिक्षा मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्रीमा डा.तोसिका कार्की नियुक्त भएका छन् । दीपकबहादुर सिंह राज्यमन्त्री भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);