एमालेमा पौडेलबाहेक मन्त्रीमा अरु कोही दोहोरिएनन् | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

एमालेमा पौडेलबाहेक मन्त्रीमा अरु कोही दोहोरिएनन्

काठमाडौं, ३ माघ । नेकपा एमालेले विष्णु पौडेल बाहेक अन्य सबै मन्त्री नयाँ बनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व सरकारमा विगतमा जस्तै पटक–पटक मन्त्री बन्ने सूचीमा यसपटक एमालेमा विष्णु पौडेल मात्र परे । उनी उपप्रधान तथा अर्थमन्त्री भएका छन् ।

एमाले अध्यक्ष केपी ओलीले पौडेलबाहेक सात मन्त्री र एकजना राज्यमन्त्री सबै नयाँ अनुहार रोजेका छन् । दामोदर भण्डारी उद्योग, डा. विमला राई पौडेल परराष्ट्र, राजेन्द्र राई भूमिसुधार, पदम गिरी स्वास्थ्य, भगवती चौधरी महिला बालबालिका, हरिप्रसाद उप्रेती रक्षा, ज्वाला साह कृषिमन्त्री नियुक्त हुने भएका छन् । आजै प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरूलाई नियुक्त गर्ने भएकी छन् ।

डा. राई राष्ट्रिय सभा सदस्य हुन् । सरकारमा राष्ट्रिय सभाबाट पनि प्रतिनिधित्व हुनुपर्ने भन्दै एमाले नेतृत्वमाथि दबाब परेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);