देउवा निवासमा तीन दलको बैठक सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

देउवा निवासमा तीन दलको बैठक सुरु

काठमाडौं, २७ चैत । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले बोलाएको तीन दलको बैठक सुरु भएको छ। देउवाको निजी निवास बुढानीलकण्ठमा बसेको यस बैठकले नयाँं सरकार बारे छलफल गर्ने बताइएको छ ।

बैठकमा नेपाली कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति बिजय कुमार गच्छेदार, उपसभापति बिमलेन्द्र निधि, महामन्त्री डा.शशांक कोइराला, पूर्ण बहादुर खड्का सहमहामन्त्री डा. प्रकाश शरण महत, कृष्ण प्रसाद सिटौला सहभागी छन् ।

बैठकमा माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रवक्ता नारायण काजी श्रेष्ठ स्थायी समिति सदस्य कृष्ण बहादुर महरा र प्रमुख सचेतक देव प्रसाद गुरुङ रहेका छन् ।
साथै जनता समाजवादीका नेताहरु महन्थ ठाकुर सहित डा.बाबुराम भट्टराई, राजेन्द्र महतो, उपेन्द्र यादव र अशोक राई पनि देउवा निवास बैठकमा सहभागी भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);