कांग्रेसलाई सुदूरपश्चिममा दलको नेता छान्न सकस | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

कांग्रेसलाई सुदूरपश्चिममा दलको नेता छान्न सकस

काठमाडौं । सुदुरपश्चिम प्रदेश संसदीय दलको नेता छान्न नेपाली कांग्रेसलाई सकस भएको छ । पार्टीले संसदीय दलको नेता छान्न निर्वाचन समिति नै गठन गरेको छ ।

प्रदेश उपसभापति लोकराज अवस्थीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको हो । समितिको सदस्यमा उपसभापति जनकराज चौधरी, सहमहामन्त्री नरनारायण शाह, सुरत रावत र रामबहादुर देउवा रहेका छन् ।

नवगठित समितिले सर्वसम्मत चयन गर्न नसकेमा मतदानको प्रक्रिया अघि बढ्ने जनाइएको छ । दलको नेता छान्न कांग्रेस सुुदूरपश्चिमको पदाधिकारी बैठक पनि बसेको थियो ।

दलको नेतामा बहादुर सिंह, मेघराज खड्का, दिवानसिंह विष्ट, कमल शाह, शिवराज भट्ट, मानबहादुर रावल र प्रकाश देउवा आ–आफ्नो दाबी प्रस्तुत गरेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);