तीन दलको बैठकमा देउवाको प्रस्ताव, ‘ओलीले गराएको चुनाव लोकतान्त्रिक हुँदैन, नयाँं सरकार बनाउँ’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

तीन दलको बैठकमा देउवाको प्रस्ताव, ‘ओलीले गराएको चुनाव लोकतान्त्रिक हुँदैन, नयाँं सरकार बनाउँ’

काठमाडौं , २७ चैत । कांग्रेस सभापति शेरबहादुर दउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता कब्जा गर्न खोजेको भन्दै उनको विकल्पमा सरकार बनाउन प्रस्ताव गरेका छन् ।

देउवा निवास बुढानीलकण्ठमा बसेको नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका शीर्ष नेताको बैठकमा यस्तो प्रस्ताव गरेको माओवादीका प्रवक्ता नारायाणकाजी श्रेष्ठले जानकारी दिए। उनका अनुसार चुनाव जुन सरकारले गराएपनि फरक नपर्ने तर ओलीको सत्ता कब्जा गर्ने तरिकाबाट हुने चुनाव लोकतान्त्रिक नहुने देउवाले धारणा राखेका थिए।

जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरले आफूहरुले यस अघि उठाउँदै आएका माग पुरा गर्न आफूहरुले बैठकमा आग्रह गरेको जानकारी दिए। उनका अनुसार कांग्रेस नेतृत्वको सरकार बनाउन शुुक्रबार मात्र औपचारिक प्रस्ताव आएकोले यस बिषयमा पार्टीमा थप छलफल गर्ने बताए।

बैठकमा नेपाली कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति बिजय कुमार गच्छेदार, उपसभापति बिमलेन्द्र निधि, महामन्त्री डा.शशांक कोइराला, पूर्ण बहादुर खड्का सहमहामन्त्री डा. प्रकाश शरण महत, कृष्ण प्रसाद सिटौला सहभागी थिए ।

बैठकमा माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रवक्ता नारायण काजी श्रेष्ठ स्थायी समिति सदस्य कृष्ण बहादुर महरा र प्रमुख सचेतक देव प्रसाद गुरुङ रहेका थिए ।
साथै जनता समाजवादीका नेताहरु महन्थ ठाकुर सहित राजेन्द्र महतो, उपेन्द्र यादव र अशोक राई पनि देउवा निवास बैठकमा सहभागी भएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);