नेकपाको सचिवालय बैठकमा महासचिव पाैडेलको जन्मदिन मनाइयो | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

नेकपाको सचिवालय बैठकमा महासचिव पाैडेलको जन्मदिन मनाइयो

काठमाडौं, १६ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा महासचिव विष्णु पौडेलको जन्मदिन मनाइएको छ । महासचिव पाैडेललाई जन्मदिनकाे शुभकामना दिंदै पार्टी सचिवालयकाे बैठक सुरु भएकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”, उपप्रधानमन्त्री ईश्वर पाेखरेलका साथै वरिष्ठ नेता कमरेडहरूले केक खुवाएर महासचिव जन्मदिनकाे बधाई तथा स्वस्थ जीवनकाे शुभकामना व्यक्त गर्नुभएको छ ।

थापाका अनुसार बैठकमा पार्टी उपध्यक्ष वामदेव गाैतमले १०० बर्ष बाँच्नुहाेस् र राम्राे काम गरेर जानुहाेला भन्दै शब्दमा शुभकामना दिनुभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);