पार्टी अनुशासन आयोगको अध्यक्षमा अमृत बोहोरा चयन, लेखा परीक्षण आयोगमा पुष्प कँडेल | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

पार्टी अनुशासन आयोगको अध्यक्षमा अमृत बोहोरा चयन, लेखा परीक्षण आयोगमा पुष्प कँडेल

nekapa baithak pura

काठमाडौं, २५ कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले पार्टी अनुशासन आयोगको अध्यक्षमा अमृतकुमार बोहोरालाई चयन गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टीको सचिवालय बैठकले बोहोरालाई केन्द्रिय अनुशासन आयोगको अध्यक्ष बनाउने निर्णय गरेको हो ।

बैठकले आयोगको सचिवमा भने अशोक रोकायलाई चयन गरेको पनि पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनु भयो । त्यसैगरी बैठकले केन्द्रिय निर्वाचन आयोगको अध्यक्षमा विष्णुपुकार श्रेष्ठ तथा सचिवमा माधव पौडेललाई चयन गरेको छ ।

लेखा परीक्षण आयोगको अध्यक्षमा पुष्प कँडेल र सचिवमा टेकनाथ आचार्य, केन्द्रिय सल्लाहकार कमिटीको अध्यक्षमा केशव बडाल र सचिवमा नन्दकुमार थापा तथा ज्येष्ठ कम्युनिष्ट मंचको अध्यक्षमा नन्दकुमार प्रसाईँ र सचिवमा गोविन्द ज्ञवालीलाई चयन गरिएको छ । बैठकमा पार्टीको प्रवास कमिटी गठन नगर्ने तर त्यसको विकल्पको खोजी गर्ने निर्णय पनि गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);