युवा सङ्घको अध्यक्षमा क्षितिज थेबे निर्वाचित | ईमाउण्टेन समाचार

Our Network

असोज १४ २०८३, बिहीबार

युवा सङ्घको अध्यक्षमा क्षितिज थेबे निर्वाचित

२०८२,२,१४

पोखरामा सम्पन्न भएको नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घको १०औं राष्ट्रिय महाधिवेशनबाट एमाले अध्यक्ष केपी शर्मा ओली निकट क्षितिज थेबे अध्यक्षमा निर्वाचित हुनुभएको छ । उहाँ दोस्रो पटक युवा सङ्घको अध्यक्ष बन्नुभएको हो । अध्यक्षमा प्रतिस्पर्धी सुमन पुरीलाई एक सय ८८ मतान्तरले हराउँदै थेबे अध्यक्षमा विजयी हुनुभयो । थेबेले ७ सय ९६ मत ल्याउँदा पुरीले ६ सय ८ मत प्राप्त गर्नुभयो । सर्वसम्मतीको प्रयास असफल भएपछि मतदानबाट नयाँ नेतृत्व चयन गरिएको हो । पुरी यसअघि महासचिव हुनुहुन्थ्यो । महासचिवमा थेबे प्यानलका महेश चौलागाईं, उपाध्यक्षमा महाराज गुरुङ र विनय शाह, उपमहासचिवमा उपेन्द्र शाही, सचिवमा मदन भण्डारी र अरुण कुँवर, महिला सचिवमा निशा लिम्बु सुब्बा, मधेशी सचिवमा मोबिन अख्तर आलम विजयी हुनुभएको छ ।

अनुशासन आयोग अध्यक्षमा महमद निजामुदिन निजाम, निर्वाचन आयोग अध्यक्षमा मदन गिरी, लेखा आयोग अध्यक्षमा कृष्णदत्त जैसी, युवा विज्ञ परिषद्मा चीन लामा निर्वाचित हुनुभएको छ । अधिवेशनको उद्घाटन शुक्रवार प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको थियो ।

Leave a Reply

ताजा समाचार