एमाले स्याङ्जाको अध्यक्षमा सूर्यप्रसाद गैह्रे निर्वाचित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

एमाले स्याङ्जाको अध्यक्षमा सूर्यप्रसाद गैह्रे निर्वाचित

पोखरा । नेकपा एमाले स्याङ्जाको अध्यक्षमा सूर्यप्रसाद गैह्रे निर्वाचित भएका छन् । आठौं जिल्ला अधिवेशनबाट गैह्रेको अध्यक्षतामा नयाँ कमिटी बनेको हो । निकटतम प्रतिस्पर्धी नारायणप्रसाद मरासिनीलाई पराजित गरी गैह्रे एमालेको जिल्ला अध्यक्ष बने ।

फागुन २३ को सर्वोच्चको फैसलासँगै माओवादी केन्द्रबाट एमाले छिरेका गैह्रेले पराजित गरेका मरासिनी प्रतिनिधिसभा सांसद समेत हुन् । गैरेले ४ सय ४० मत ल्याउँदा मरासिनीले २ सय ५७ मत मात्रै पाए । उपाध्यक्षमा कृष्ण खाँण निर्विरोध चयन भए भने सचिवमा राजेन्द्र डुम्रे निर्वाचित भए । उपसचिवमा विश्व पौडेल र तारा शर्मा विजयी भएका एमाले स्याङ्जाले जनाएको छ । पौडेल मरासिनी प्यानलबाट निर्वाचित भएका हुन् भने अरू सबै गैह्रेको प्यानलबाट चुनाव लडेका थिए ।

गैह्रेलाई केन्द्रीय सचिव पद्मा अर्यालको समर्थन थियो । मरासिनीलाई एमाले संगठन विभाग प्रमुख खगराज अधिकारीले समर्थन दिएका थिए । माओवादीबाट वैद्य समूहसँगै निस्किएका गैह्रे पुनः माओवादीमै फर्किएर रामबहादुर थापा बादलसँग एमालेमा मिसिएका हुन् । मरासिनी सुरुदेखि नै एमाले (केपी ओली गुट) मा थिए । ११ वटा पालिकाबाट आठौँ अधिवेशनको लागि ७ सय १० जना प्रतिनिधि छानिएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);