नेकपाले टुगों लगायो महानगरका अध्यक्ष र सचिव | ईमाउण्टेन समाचार

Our Network

चैत २४ २०८०, शनिबार

नेकपाले टुगों लगायो महानगरका अध्यक्ष र सचिव

काठमाडौं, ५ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले देशभरमा रहेका छव टा महानगरपालिका पार्टी अध्यक्ष र सचिवको टुङ्गो लगाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार बसेको सचिवालय बैठकले सो निर्णय गरेको पार्टीका सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुयभो । काठमाडौं महानगरको अध्यक्षमा निर्मल देउला र सचिवमा रवीन्द्र श्रेष्ठलाई चयन गरेको उहाँले बताउनुभयो । ललितपुर महानगरको अध्यक्षमा मञ्जली शाक्य र सचिवमा ज्ञानेन्द्र शाक्यलाई चयन गरेको छ ।

त्यसैगरि पोखरा महानगरको अध्यक्षमा दीपक पौडेल र सचिवमा विश्वप्रकाश लामिछाने, भरतपुर महानगरको अध्यक्षमा रामप्रसाद न्यौपाने र सचिवमा ईश्वर सापकोटालाई चयन गरेको छ । वीरगञ्ज महानगरमा रोहबर अन्सारी र विश्वम्बर शर्मा, विराटनगर महानगरमा सागर थापा र हेम कार्कीलाई पार्टीले चयन गरेको प्रवक्ता श्रेष्ठले जानकारी गराउनुभयो । यो समाचार आजको गोरखापत्र दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);