५ वर्षसम्मका बालबालिकालाई आज भिटामिन 'ए' र जुकाको औषधि खुवाइँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

५ वर्षसम्मका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडाैं  ।  सरकारले पाँच वर्ष सम्मका बालबालिकालाई आज र भोली भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै छ ।

६ महिनादेखि ५ वर्ष सम्मका बालबालिकाहरुलाई भिटामिन ‘ए’ र एक वर्ष देखि ५ वर्ष सम्मका बालबालिका लाई भिटामिन ‘ए’ र जुका दुवैको औषधि खुवाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आफूलाई पायक पर्ने वितरण केन्द्रमा गएर बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले सबै अभिभावकहरुलाई आग्रह गरेको छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम मार्फत् सरकारले हरेक वर्ष भिटामिन र र जुकाको औषधि खुवाउँदै आएको छ ।

अघिल्लो पटक खाएकाहरुलाई अहिले पनि खुवाउनु पर्ने मन्त्रालयका अधिकारीहरु बताउँछन् । यस वर्ष कोरोना संक्रमणको जोखिम रहेकाले औषधि खुवाउने ठाउँसम्म जाँदा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न मन्त्रालयले आग्रह पनि गरेको छ ।

वितरण केन्द्रमा भिडभाड नगर्न, एक व्यक्ति र अरु व्यक्ति बीच कम्तिमा दुई मिटरको भौतिक दुरी कायम गर्न, अनिवार्य रुपमा मास्क प्रयोग गर्न, साबुन पानीले पटक पटक हात धुन वा सेनिटाइजर प्रयोग गर्न मन्त्रालयले आग्रह गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);