सरकारले बाल अधिकार परिषद खारेज गर्ने निर्णय तत्काल फिर्ता लिनुपर्छः इन्दिरा रानामगर | ईमाउण्टेन समाचार

Our Network

जेठ ६ २०८३, बिहीबार

सरकारले बाल अधिकार परिषद खारेज गर्ने निर्णय तत्काल फिर्ता लिनुपर्छः इन्दिरा रानामगर

काठमाडौँ ।

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा रानामगरले राष्ट्रिय बाल अधिकार परिषद् खारेज गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गर्नुभएको छ । बिहीवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले उक्त माग गर्नुभएको हो । अघिल्लो सरकारले सो निर्णय गरेको भन्ने सुनिन आएको भन्दै सांसद रानाले त्यसमा सरकारले पुनर्विचार गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले बालबालिकाको हक, हित र संरक्षणका लागि वैकल्पिक व्यवस्था समेत नगरी सरकारले उक्त परिषद खारेज गरेको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो । सांसद रानाले सरकारले बालबालिकाको संरक्षणको विषयलाई गम्भिर विषयको रुपले लिएर आवश्यक कदम चाल्नुपर्ने समेत स्पष्ट पार्नुभयो ।

Leave a Reply