अङ्ग्रेजसँगको लडाईमा विजय हासिल गरेको सम्झनामा मनाइयो पाल्पामा भगवती जात्रा (फोटो फिचर) | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

अङ्ग्रेजसँगको लडाईमा विजय हासिल गरेको सम्झनामा मनाइयो पाल्पामा भगवती जात्रा (फोटो फिचर)

प्रकाश नेपाल,
पाल्पा ।
अङ्ग्रेजसँगको लडाईमा जितगढी किल्ला विजय गरेको सम्झनामा पाल्पामा ऐतिहासिक भगवती जात्रा निकालिएको छ ।

वि.स. १८७१ देखि १८७२ सम्मको अङ्ग्रेजसँगको युद्वमा नेपाली सेनाले जितगढी किल्ला विजय गरेको सम्झनामा दुई सय १ वर्षदेखि भगवती रथयात्रा घुमाउने प्रचलन रहेको छ ।

तत्कालिन कर्णेल उजिरसिंह थापाले वि.स. १८७६ मा जितगढी किल्ला जितेर फर्किएपछि विजयउत्सवको रुपमा भगवतीको रथयात्रा निकाल्ने प्रचलन सुरु गरेका थिए । सोही युद्धमा विजय प्राप्त गरेको सम्झनामा अहिले पनि तानसेनस्थित भगवती रथयात्रा गर्ने परम्परा रहेको स्थानीयले बताएका छन् ।

यो वर्ष कोरोना महामारीका कारण भगवती जात्रा नमूनाको रुपमा मात्र निकालिएको छ । कोरोना सङ्क्रमण फैलिने सम्भवना रहेकाले गत वर्षजस्तै यो वर्ष पनि प्रतिमाको रुपमा भगवतीको रथ मन्दिर परिसरभित्रै घुमाइएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

कोरोना महामारी नभएको भए तानसेन बजार क्षेत्रमा घुमाएर मात्र रथ विसर्जन गरिन्थ्यो । यस्तै प्रशासन, सेना तथा मन्दिर व्यवस्थापन समितिले बलि दिने गर्दथ्यो । भगवती जात्रालाई नेपालको राष्ट्रियतासँग समेत जोडिने गरिन्छ । कोरोना महामारी नभएको अवस्थामा तानसेन बजारका विभिन्न स्थानमा भव्य मानिसको सहभागितासहित भगवती जात्रा निकाल्ने प्रचलन थियो ।

तर यो वर्ष सेना, प्रहरी, शसस्त्र प्रहरीको सानो टुकडी, मन्दिर व्यवस्थापन समितिका पदाधिकारी, केही जनप्रतिनिधि र केही सर्वसाधारणको सहभागिता रथको प्रतिमा घुमाइएको थियो । भगवतीजात्राको अवसरमा लुम्बिनी प्रदेश सरकारले पाल्पामा जिल्लाभर बिदा दिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);