नेपाली फौजले बेलायती सेनालाई पराजित गरेको सम्झना | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

नेपाली फौजले बेलायती सेनालाई पराजित गरेको सम्झना

army

पाल्पा, १८ भदौ । पाल्पाको तानसेनमा नेपाली फौजले व्रिटिश सेनालाई पराजित गरेको सम्झनामा विजय उत्सव मनाईएको छ । ब्रिटिश सेनालाई पराजित गरेको सम्झनामा स्थानिय, नेपाली सेना, जिल्लाका सरकारी तथा गैर सरकारी संघ संस्थाहरुले हर्षाेउल्लासका साथ विजय उत्सव मनाएका हुन् । उनीहरुले तानसेन बजारको मुख्य चोक, टोल–टोलमा -याली समेत निकालेका थिए ।

विजय उत्सवमा नेपाली सेनाका प्रधानसेनापति पुर्णचन्द्र सिंह थापा, पाँच नम्वर प्रदेशका सभामुख पुर्णबहादुर घर्ती र वन, वातावरण पर्यटन तथा संस्कृती मन्त्री लिला गिरी लगायतका सहभागिता रहेको थियो ।

बिजय उत्सव हेर्न पाल्पाका विभिन्न ग्रामिण भेगका साथै काठमाडांै गुल्मी, अर्घाखाँची, रुपन्देही, कपिलबस्तु, नवलपरासी, चितवन, स्याङ्ग्जा, कास्की लगायत क्षेत्रबाट समेत मानिसहरु आएका थिए ।

युद्धमा व्रिटिश सेनालाई पराजित गरेको संम्झनामा वि.स. १८७६ देखी पाल्पामा विजय उत्सव मनाउने परम्परा चल्दै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);