७ सुरक्षाकर्मीसहित एकै पटक २८ जना संक्रमित थपिए | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

७ सुरक्षाकर्मीसहित एकै पटक २८ जना संक्रमित थपिए


काठमाडाैं, ३२ साउन । प्रदेश नम्बर ५ मा सबै भन्दा बढी संक्रमित भएको जिल्लामा ७ सुरक्षाकर्मीसहित एकै पटक थप २८ जना संक्रमित थपिएका छन् । यससंगै जिल्लामा कोरोना संक्रमितको संख्या ९ सय ३५ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय अनुसार थपिएका संक्रमितहरुमा ७ नेपाल प्रहरीका, बैंकिङ संस्थाका ७ जना, ५ विद्यार्थी, स्वास्थ्यकर्मी २ जना छन्।

यस्तै बस ब्यवसायी, गैर सरकारी संस्था, नर्सिङ विद्यार्थी, गैर सरकारी संस्था, गृहणी र समुदायस्तरबाट एक एक जना छन् । यस्तै सुद्धोदन गाउँपालिकाका एक जना संक्रमित समेत थपिएका छन् । शुक्रवार ग्लोबल आईएमई बैकका २, मेघा बैकका एक, गुवेश्वरी फाईनान्सका एक, तिनाउ मिशन बैकका एक र कुषि विकास बैकका २ जना संक्रमित थपिएका हुन् । कपिलवस्तु अस्पताल र बसन्तपुर हेल्थ पोस्टका एक एक जना स्वास्थ्यकर्मी संक्रमित भएका हुन्।

जिल्लामा बैंकिङ संस्थाका २९ र सुरक्षाकर्मी १७ जना संक्रमित भएका छन्। तौलिहवामा रहेको कपिलवस्तु अस्पतालमा मेसुसहित दुई दर्जनमा कोरोना देखिएपछि अस्पताल बन्द गरिएको छ । गत साउन २५ गते बुद्धपदम माविदेखि संकलन गरिएको २ सय २६ नमुना मध्ये २६ पोजेटिभ १ सय ५१ नेगेटिभ र ५० को नतिजा आउन बाँकी छ । जिल्लामा अहिले कुल १ सय ३५ मात्र कोरानो संक्रमित छन । .

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);