सदरमुकाम तौलिहवा बन्यो कोरोनाको केन्द्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

सदरमुकाम तौलिहवा बन्यो कोरोनाको केन्द्र

कपिलवस्तु, ३२ साउन । कपिलवस्तुमा फेरी कोरोना संक्रमण तीव्र रुपमा फैलिएको छ । बैशाख २५ गते भारतबाट फर्केका मायादेबी गाउँपालिका अभिरावका २ जना युवामा पहिलो पटक संक्रमण देखिएको थियो । त्यस यता असार दोश्रो सातासम्म जिल्लामा कोरोना संक्रमितको संख्या बढेका थियो । असार तेश्रो सातापछि सरकारले लक्षण नदेखिएका बिरामीलाई पिसिआर परीक्षण बिना घर जान दिने नयाँ निर्देशिका जारी गरेपश्चात् संक्रमितको संख्या घट्दै गएको थियो ।

साउन दोश्रो सातासम्म जिल्लामा १३ जना मात्र सकृय संक्रमित थिए। साउन तेश्रो साताबाट समुदायस्तरमा कोरोना अवस्था पत्ता लगाउन दु्रत परीक्षण गरिएपछि अहिले भने कोरोना संक्रमितको संख्या दिनदिनै बढदै आएको छ । अहिले सबै भन्दा बढी सदरमुकाम तौलिहवाको समुदायस्तरमा कोरोना फैलिएको छ । पान पसले, ब्यापारी, मासुपसले, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, शिक्षक विद्यार्थी, बैंकिङ संस्थाका कर्मचारी, गृहणी लगायत समेत संक्रमित भएका छन्।

तौलिहवाकी संक्रमित अन्जु शर्माले सदरमुकाम तौलिहवाको समुदायस्तरमा कोरोना फैलिएपछि सरकारले कोरोना नियन्त्रण रोकथाममा कुनै चासो नदिएको बताएकी छन्। उनले आफ्नो फेसबुक वालमा पोस्ट गर्दै संक्रमितको उपचारमा चासो नदिएको, रोकथाम र नियन्त्रणमा ठोस कदम नचालेको, परीक्षणमा ढिलाई गरेको गुनासो गरिन् । उनले समुदायका मान्छेको असावधानी र सरकारी बेवास्ताले अब कोरोना प्रत्येक घर घर मै पूग्ने दाबी गरिन्। सदरमुकाम तौलिहवाका जमुहार टोलका चामल ब्यापारी कृष्णकुमार गुप्ताको कोरोनाका कारण मृत्यु समेत भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);