सरकारले पटक–पटक निर्णय परिवर्तन गर्दा कार्यान्वयनमा समस्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सरकारले पटक–पटक निर्णय परिवर्तन गर्दा कार्यान्वयनमा समस्या


काठमाडौं, ५ भदौ । सरकारले काठमाडौं प्रवेश गर्ने सम्बन्धमा पटपपटक नियम परिवर्तन गर्दा कार्यान्वयनमा समस्या आएको चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीको भनाई छ । उहाँले काठमाडौं उपत्यकामा प्रवेश गर्ने मुख्य नाका नागढुंगा सोही नगरपालिकामा रहेको र सरकारले दिर्घकालीन सोच अनुसार निर्णय नगर्दा नाकाको व्यवस्थापनमा कठिनाई देखिएको बताउनुभयो ।

प्रदेश र संघीय सरकारबाट आउने आर्थिक सहयोगमा ढिलाई हुँदा कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी काम गर्न नसकिएको सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाको भनाई छ ।

काठमाडौं उपत्यकामा प्रवेश गर्ने प्रमुख नाकाहरु मध्येको अर्को मुख्य नाका साँगा भञ्ज्याङ सूर्यविनायक नगरपालिकामा रहेको छ । काठमाडौं उपत्यकामा लकडाउन खोलिएपछि संक्रमण रहेका जिल्लाबाट मानिसहरु आउन दिदा उपत्यकामा संक्रमणको जोखिम बढेको मेयर थापाले बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);