कोरोनाको रोकथाम र नियन्त्रणका लागि १० करोडको कोष स्थापना | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

कोरोनाको रोकथाम र नियन्त्रणका लागि १० करोडको कोष स्थापना

मेयर विद्यासुन्दर शाक्य

काठमाडौं, ६ चैत । काठमाडौं महानगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम र नियन्त्रणका लागि १० करोड रुपैयाँ बराबरको कोष स्थापना गरेको छ ।

महानगरपालिकाले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि उक्त कोषको स्थापना गरिएको बताएको हो । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उक्त कोषबाट महानगरपालिकाका साना मझौला र ठूला वडाहरुलाई २ लाख ३ लाख र ४ लाख रुपैयाँका दरले बजेट निकाशा गर्ने बताउनुभयो ।

महानगरपालिकाका विभिन्न स्थानमा स्वास्थ्य जनशक्ति, स्वास्थ्य सामग्री, प्रचार सामग्री सहितको हेल्प डेस्क स्थापना गर्ने र निशुल्क मास्क तथा सेनिटाइजर वितरण गर्ने उहाँले बताउनुभयो ।

महानगरपालिका भित्र रहेका मठ, मन्दिर, मश्जिद, गुम्बा जस्ता धार्मिक, सामाजिक सम्पदा क्षेत्रमा भिडभाड नगर्न उहाँले आग्रह गर्नुभयो । त्यस्तै महानगरपालिका भित्र मनाइने जात्रा, पर्वहरुमा परम्परागत पुजा बाहेक अन्य कुनै भिडभाड नगर्न समेत उहाँले आग्रह गर्नुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);