एसईई परीक्षा स्थगित गर्नुपरेकोमा परीक्षा बोर्डबाट क्षमायाचना | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

एसईई परीक्षा स्थगित गर्नुपरेकोमा परीक्षा बोर्डबाट क्षमायाचना

rastriya_parikchha_board

काठमाडौं, ६ चैत । शैक्षिक सत्र २०७६ को एसईई परीक्षा चैत्र ६बाट शुरु हुने तालिका थियो । परीक्षार्थी सबैखाले तयारीकोसाथ जुटेका थिए । तर, कोरोना भाइरसको जोखिम बढेको भन्दै परीक्षा ढोकैमा आइपुग्दा स्थगित गरिएको छ । सही समयमै स्थतिगको सूचना सम्प्रेषण नभएपछि विद्यार्थी मनोविज्ञानमा गम्भीर असर पर्ने शिक्षाविद् प्रा.डा. विद्याना कोइरालाको भनाइ छ ।

विज्ञहरुले शिक्षा जस्तो संवेदनशिलमा सरकारको ध्यान जानुपर्ने सुझाउँदै आएका थिए । विश्वभर कोरोनाभाइरसको संक्रमण बढीरहेको थियो । विश्व स्वास्थ्य संगठनले नेपाल पनि उच्च जोखिममा रहेको प्रतिवेदन धेरै अघि सार्वजनिक गरेको हो । तर, सरकारले ठोस निर्णय गर्न समय धेरै लम्बाएयो । मुख्यगरि मन्त्रालय नै दोषी भएको सम्बद्धहरुको प्रतिकृया छ ।

कोरोनाको त्रास जनवरी पहिलो सातादेखि नै देखिएको हो । छिमेकी मुलुकमा कोरोना भाइरसले आतंक मच्चाइरहेको थियो । पछिल्लो समय कोरोनाले युरोप र अमेरिका जस्ता मुलुकमा समेत आक्रान्त बनाएको छ ।

विश्वभर संकटको जानकारी हुँदाहुँदै पनि शिक्षा मन्त्रालयका जिम्मेवारहरुले लामो समय आलटाल गर्दा परिक्षाको अघिल्लो दिन गरिएको स्थगनले परीक्षार्थीमा मनोवैज्ञानिक असर परेको छ । यद्यपी राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थी र अभिभावकसंग माफी मागिसकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);