एसईईको नतिजा आज प्रकाशन हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

एसईईको नतिजा आज प्रकाशन हुने

exam board

काठमाडौं, १२ असार । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन गर्ने तयारी गरेको छ ।

नतिजा प्रकाशनको तयारीमा रहेको बोर्डको बैठक केही बेरमा बस्ने जनाइएको छ । नतिजा सार्वजनिक गर्नु अगाडि बोर्ड बैठक बस्नु पर्ने प्रावधान अनुसार परीक्षा बोर्डको बैठक बस्न लागेको हो । नतिजा प्रकाशनका लागि सबै तयारी पूरा भइसकेको र बोर्डले निर्णय गरे आजै नतिजा प्रकाशन हुने जनाइएको छ । मंगलबार पनि बोर्डको बैठक बसेको थियो। उक्त बैठकले नतिजा प्रकाशनमा हतार नगर्न सुझाव दिएको थियो ।

मुलुकभरबाट यो वर्ष ४ लाख ७५ हजार विद्यार्थी एसईई परीक्षामा सहभागी भएका थिए । चैत १० गतेदेखि एक हजार ९ सय ६९ केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो। यसपटक अनिवार्य विषयहरुको प्रश्नपत्र फरकरफरक बनाएर परीक्षा लिइएको हो।नतिजा पनि प्रदेशअनुसार छुट्टाछुट्टै तर एकैपटक सार्वजनिक गर्ने तयारी गरिएको छ । गतवर्ष असार ९ गते नै नतिजा प्रकाशन भएको थियो । तर यसवर्षको परीक्षामा प्रदेश २ मा प्रश्नपत्र परीक्षा अगावै बाहिरिएर परीक्षा स्थगित हुँदा केही दिन ढिला हुन पुगेको जनाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);