कोरोनाको दीर्घकालीन असरलाई मध्यनजर गरेर सबै परीक्षा स्थगित | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

कोरोनाको दीर्घकालीन असरलाई मध्यनजर गरेर सबै परीक्षा स्थगित

काठमाडौं, ६ चैत । अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले कोरोना भाइरस संक्रमणको दीर्घकालीन असर नपरोस् भनेर एसईई लगायतका सबै परीक्षा स्थगित गरिएको बताउनुभएको छ ।

सरकारका प्रवक्ता समेत रहनु भएका खतिवडाले बिहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा विश्व स्वास्थ्य संगठन, अभिभावक, नागिरक समाजको आग्रहमा परीक्षा सारिएको उल्लेख गर्नुभयो । उहाँले अवस्था हेरेर परीक्षाका नयाँ तालिका सार्वजनिक गरिने समेत बताउनुभयो ।

मन्त्री खतिवडाले सरकारले आपूर्ति सम्बन्धी व्यवस्थापन, बजारलाई व्यवस्थित र सुमधुर ढंगले चलाउन लागेको पनि जानकारी दिनुभयो । उहाँले सरकारको पूर्व तयारीले गर्दा हवाई र स्थल नाका व्यवस्थित भएकोले कोरोना फैलन नसकेको दाबी गर्नुभयो । पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले निजी क्षेत्रका चिकित्सकलाई स्वयंसेवकका रूपमा काम गर्न पनि आग्रह गर्नुभयो ।

उहाँले कोरोनाबाट पर्यटन, हवाई, होटल लगायतका व्यवसाय प्रभावित भएको भन्दै सरकारले अफ सिजनमा पर्यटक ल्याउने योजना बनाइरहेको उल्लेख गर्नुभयो ।

अर्थतन्त्रमा परेको प्रभावका बिषयमा उद्योग व्यवसायीलाई ऋण र कर भुक्तानी गर्ने मितिलाई केही पर सार्ने बारेमा गृहकार्य भइरहेको मन्त्री खतिवडाको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);