कोरोनाको संक्रमण भएका सम्पूर्ण बिरामीको उपचारको जिम्मा सरकारले लिन्छ : मन्त्री ढकाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कोरोनाको संक्रमण भएका सम्पूर्ण बिरामीको उपचारको जिम्मा सरकारले लिन्छ : मन्त्री ढकाल

bhanubhakta dhakal

काठमाडौं, ६ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोनाको संक्रमण भएका सम्पूर्ण बिरामीको उपचारको जिम्मा सरकारले लिने बताउनुभएको छ ।

नेपाल प्रेस काउन्सिल र स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसका विषयमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री ढकालले कोरोना लागेका सबैको उपचारको जिम्मा सरकारले लिने बताउनुभएको हो ।

उहाँले सबै प्रदेशमा भाइरस परीक्षणको व्यवस्था गरिने र कोरोना संक्रमण भएको पाइएमा बिरामीको जिम्मा सरकारले लिने स्पस्ट पार्नुभयो ।

मन्त्री ढकालले निजी क्षेत्रका अस्पतालमा उपचारको व्यवस्था भएपनि पहिलो प्राथमिकता सरकारी अस्पताल नै रहेको बताउनुभयो । उहाँले निजी अस्पतालहरुको प्रयोग विदेशी नागरिक तथा कुटनीतिक नियोग र अन्य व्यक्तिहरुको लागि गरिने बताउनभयो ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष किशोर श्रेष्ठले सहि सूचना प्रवाह गर्न आग्रह गर्नुभएको छ । आचारसंहिता उल्लंघन गर्ने काम नगर्न आग्रह गर्दै अध्यक्ष श्रेष्ठले कोरोना विरुद्धको लडाई आफ्नो जीवनसँग पनि जोडिएकाले गलत प्रचार नगर्न आग्रह गर्नुभयो ।

‘कोरोना विरुद्धको युद्ध आफ्नै जीवनसँग जोडिएको युद्ध हो । त्यसैले गलत प्रचार गर्दा त्यो लगत हतियारको निसाना सोझिएर आफुतिर पनि आउन सक्छ’, उहाँले भन्नुभयो ।

विश्वव्यापि कोरोनाको सन्त्रास बढिरहेको सन्दर्भमा स्वास्थ्य मन्त्रालय र प्रेस काउन्सिल नेपालले कोरोना भाइरस संक्रमण र मिडियाको भूमिका विषयमा सचेतामूलक कार्यक्रमको आयोजना गरेका हुन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);