निशेधाज्ञा जारी हुने भएपछि तानसेनबाट गाँउ फर्किने क्रम बढ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

निशेधाज्ञा जारी हुने भएपछि तानसेनबाट गाँउ फर्किने क्रम बढ्यो

पाल्पा । कोभिड—१९ ले महामारीको रुप लिन लागेपछि स्थानीय प्रशासनले १७ गते राती १२ बजेबाट लागु हुने गरी निशेधाज्ञा जारी गरेपछि सदरमुकाम तानसेनबाट गाँउ फर्किने क्रम बढेको छ ।

स्थानीय प्रशासनले निशेधाज्ञा जारी गरेपछि सदरमुकाममा डेरा गरी बसेकाहरु खाद्यान्न,तरकारी जस्ताबस्तुको समस्या टार्न र स्वास्थ्य सुरक्षाको खोजीमा गाँउ फर्किन लागेका हुन् ।

यस क्षेत्रको प्रमुख शैक्षिक केन्द्र बनेको तानसेनमा विद्यार्थी गाउँ फर्किन थालेपछि सुनसान बन्न थालेको हो । विद्यार्थी मात्र नभई गाउँबाट समेत सरकारी प्रयोजनको लागि सदरमुकाम आउन छाडेपछि होटल पसल समेत सुनसान भएका छन् ।

स्थानीय प्रशासनले १७ गते राति १२ बजे देखि लागु हुने गरी २४ गते राति १२ बजे सम्म निषेधाज्ञा लागु गरेको छ । भने जिल्लामा दुई सय ४८ जनामा कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);