कैलाली, कञ्चनपुरमा बन्दको प्रभाव सामान्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कैलाली, कञ्चनपुरमा बन्दको प्रभाव सामान्य

धनगढी । एमसीसीको विरोधमा आह्वान गरिएको बन्दको प्रभाव कैलाली, कञ्चनपुरमा सामान्य रहेको प्रहरीले जनाएको छ । एमसीसीको विरोधमा ६ दलीय मोर्चाले नेपाल बन्द आह्वान गरेको थियो ।

प्रहरीका अनुसार कैलाली र कञ्चनपुरका बजार क्षेत्र फाटफुट बन्द छ । बजार क्षेत्रमा विद्युतीय रिक्सा र मोटरसाइकल चलेका छन् भने ठूला सवारीसाधन बन्द रहेका छन् । बजार क्षेत्रबाहेकका स्थानमा भने ठूला सवारीका साधान पनि चलेकाे जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक रबिन विष्टले बताए । उनका अनुसार कैलालीमा बन्दकर्ताले शान्तिपुर्ण रुपमा प्रदर्शन गरे पनि कुनै अप्रिय घटना भने भएको छैन ।

जिल्ला प्रहरी कार्यादलय कञ्चनपुरका प्रबक्ता सिद्धराज न्यौपानेले पनि जिल्लामा बन्दको सामान्य प्रभाव रहेको बताए । जिल्ला बाहिरबाट आएका सबै सार्वजनिक सवारीलाई कञ्चनपुर भित्र्याइएको उनले बताए । नागरिकलाई सुरक्षा प्रदान गर्न र कुनै अप्रिय घटना हुन नदिन बिहान ५ बजेबाट नै प्रहरी परिचालन गरिएको उनले बताए । 

सुदूरपश्चिम विश्वविद्यालय, मातहतका क्याम्पस र अन्य निजी क्याम्पसमा बिहानी कक्षा सञ्चालन भए पनि दिउँसोको समयमा भने सबै शैक्षिक संस्था बन्द भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);